बलिउडमा केही समयदेखि रणवीर कपुर र आलिया भट्ट चाँडै नै वैवाहिक बन्धनमा बाँधिने हल्ला चलेको छ । अभिनेता वरुण र नताशाले पनि विवाहका लागि तयारी सुरु गरिसकेका छन् । यसैबीच, श्रद्धा कपुरको पनि रोहन श्रेष्ठसँग विवाह हुने हल्लाले बलिउड तात्यो । तर, अन्तिममा आएर यो खबर गलत साबित भएको छ ।
मिडिया रिपोर्टका अनुसार रोहन बलिउडको चर्चित फोटोग्राफर हुन् । पछिल्लो एक वर्षदेखि उनी श्रद्धाको नजिकका साथी हुन् । ३३ वर्षीया श्रद्धा कपुरको परिवार उनीहरूको वैवाहिक सम्बन्ध बनोस् भन्ने चाहन्छन् । तर, यसका लागि श्रद्धा तयार भइनसकेको बताइएको छ ।
श्रद्धाको विवाह हुने हल्ला चले पनि बाबु शक्ति कपुरले यसलाई झुटो भएको बताएका छन् । उनले भनेका छन्, ‘छोरीले अझै पाँच वर्षसम्म विवाह गर्न चाहँदिनन् ।’ रोहनभन्दा पहिला श्रद्धा फरहान अख्तरसँग प्रेमसम्बन्धमा थिइन् । तर, शक्ति कपुरलाई भने श्रद्धाको फरहानसँगको सम्बन्ध मन परेको थिएन । परिवारको दबाबका कारण श्रद्धा फरहानसँग अलग भएको बताइन्छ । अब केही समयपछि नै श्रद्धा ‘स्ट्रिट डान्सर थ्रिडी’मा देखिँदै छिन् । - नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस