वर्षा शिवाकोटी फेसबुकमा अचानक बम्किइन्। आफ्नो नयाँ फिल्म ‘पुरानो बुलेट’लाई फिल्मकर्मी तथा मिडिया कसैले पनि चासो नदिएको भन्दै उनले स्टारकिडदेखि युट्युबका पकेटका कलाकारसम्मलाई गाली गरिन्। तर, उनको आक्रोशमा कसैले पनि ‘च्व च्व’ भनेनन्। उनले भन्न पर्ने ठाउँ पनि छाडेकी थिइनन्।
फिल्म साइन गर्दै छाड्ने कारणले उनलाई कसैले प्रोफेसनल मान्दैनन्। पहिला साइन गर्ने अनि अन्तिममा धोका दिने उनको बानीले उद्योगका मान्छे आजित छन्। यही बानीले मिडियाले पनि उनलाई ‘सिरियस्ली’ लिँदैन। त्यसको परिणाम वर्षाले कुनै दिन त भोग्नु नै थियो। यो पालि भोगिन्।
तर, वर्षाले ‘पुरानो बुलेट’को माया लागेर फेसबुकमा यति साह्रो चित्त दुखाइन् होला भन्ने धेरैलाई लाग्दैन। उनले लेखेको स्ट्याटसमा उनले आफू कसैको गर्लफ्रेन्ड नभएका कारण कसैले मतलब नगरेको आशय व्यक्त गरेकी छिन्। तर, जगजाहेर छ, निर्देशक मिलन चाम्स र उनी अफेयरमा छन्।
चाम्सअंकित चियाको कपलाई चुम्मा गर्नेदेखि लिएर चश्मामा चाम्स देखाउनेजस्ता फोटो आफैँले हालेर उनले चाम्ससँगको प्रेमको डंका पिट्न कुनै कसर बाँकी राखेकी छैनन्। कतै उनको यो स्ट्याटस चाम्सको गर्लफ्रेन्ड नभएको देखाउन आएको त होइन ? सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस