सुषमा कार्कीको पहिलो परिचय हिरोइनको हो। तर, ‘लुट’मा गरेको एउटा आइटमले उनको हिरोइनको परिचय नै ओझलमा पार्यो। उनलाई हिरोइनभन्दा पनि धेरैले आइटम डान्सरको रूपमा चिन्छन्।
तर, त्यसयता विभिन्न ‘स्क्यान्डल’मा परेकी उनले ‘लुट’ले दिएको फाइदा लामो समय उठाउन सकिनन्। एकपछि अर्को गरी आइरहने लभ र ब्रेकअपका खबरले उनलाई फिल्मकर्मीबीच सस्तो बनायो। आइटमका लागि फिल्मकर्मीले सुषमाको विकल्प खोजे। हरेक शुक्रबार प्रदर्शन हुने फिल्ममा नयाँ–नयाँ आइटम गर्ल देखिए।
अलि राम्रो मानिएका ब्यानरले सुषमालाई बिर्सिए पनि केहीलाई अझै उनको आइटममा ठूलै भरोसा छ। त्यसैले त उनी कहिलेकाहीँ आइटममा झुल्किन्छिन्। हालसालै पनि सुषमाको एउटा आइटम गीत रिलिज भएको छ, ‘तीन पाने’ शीर्षकको।
फिल्म ‘अदालत’ मा राखिएको यो गीतमा उनले फिल्म ‘लुट’मा झैँ नाच्ने कोसिस गरेकी छिन्, तर असफल। त्यसैले गीत रिलिज भएको एक हप्ता बितिसक्दा पनि उनको आइटमले सात हजार दर्शक पनि पाएको छैन। सुषमाको ‘क्रेज’ खस्किएको राम्रै प्रमाण हो यो। तर, त्यही पनि उनीमाथि निर्माता लगानी गर्छन् भने कसको के दोष ? सम्पूर्णबाट
प्रतिक्रिया दिनुहोस