अष्ट्रेलियामा चलचित्र ‘लभ स्टेशन’ २७ लाख रुपैयाँमा बिक्री

शुक्रबार, ०१ चैत्र २०७५, ११ : ३७
अष्ट्रेलियामा चलचित्र ‘लभ स्टेशन’ २७ लाख रुपैयाँमा बिक्री

काठमाडौं । चलचित्र ‘लिली बिली’ बाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ विदेश प्रदर्शनको लागि धमाधम बिक्री सुरु भएको छ । यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै पिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो । नयाँ वर्षको अवसर पारेर आगमी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँने चलचित्र ‘लभ स्टेशन’लाई सोही छेको पारेर विदेशमा पनि प्रदर्शनको तयारी हुँदैछ । 

यसै क्रममा ‘लभ स्टेशन’ चलचित्रलाई आधिकारिक रुपमा अष्ट्रेलियामा प्रदर्शनका लागि गोरखा इन्टरट्रेनमेन्टले किनेको छ ।  ‘लभ स्टेशन’लाई अष्ट्रेलियाको लागि २७ लाख रुपैयाँमा गोरखा इन्टरट्रेनमेन्टले खरिद गरेको यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् । जापान लगायतका मुलुकबाट पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भईरहेको पनि उनले बताए ।  
चलचित्रको ट्रेलर दर्शकले साह्रै मन पराएका छन् । यो ट्रेलरको एक सातादेखि युट्युब नेपालमा ट्रेनडिङमा रहँदै आएको छ ।

चलचित्र ‘लभ स्टेशन’लाई अग्रज निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।आफ्नो फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् । फिल्मलाई

निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् । लभ स्टेशनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यवस्थापन रहेको छ । 

प्रतिक्रिया दिनुहोस