गायिका अन्जु पन्त र शान्तिम कोइरालाको नयाँ गीत ‘आकाशका जुन तारा’ सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १४ : ३५
गायिका अन्जु पन्त र शान्तिम कोइरालाको नयाँ गीत ‘आकाशका जुन तारा’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइरालाले आफ्नो स्वरमा रहेको नयाँ गीत ‘आकाशका जुन तारा’ बजारमा ल्याएका छन् ।
लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ  । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव व्यक्त गरिएको छ । 
किरण चौसिरको छायाँकन, मनोज कार्कीको सम्पादन, राज केसीको निर्देशन भिडियोमा रहेको छ । ‘आकाशका जुन तारा’ गीतको भिडियोमा नायिका बेनिसा हमाल र प्रनिप राज अधिकारीको फिचरिङ रहेको छ । 
 

 

प्रतिक्रिया दिनुहोस