भाइरल जोडि कृष्ण र रुपा अभिनित म्युजिक भिडियो सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २३ फागुन २०७५, १८ : ५७
भाइरल जोडि कृष्ण र रुपा अभिनित म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । विद्युतको काम गर्ने क्रममा दुर्घटनामा परी दुबै हातखुट्टा गुमाएर भाइरल भएका कृष्ण देश बिदेशबाट सहयोग प्राप्ती प्रस्चात अहिले उपचारको क्रममा छन् । आफ्नी प्रेमिका (पत्नी) को माया र प्रेमका कारण मुना मदनको रुपमा चर्चा कमाई भाईरल भएका यि जोडिले हालसालै म्युजिक भिडियोमा अभिनय गरेका छन ।

भाइरल पस्चात कृष्णको उपचारको लागि देश बिदेशबाट सहयोगको ओईरो मात्रा लागेन उनिहरुकै जिन्दगीमा मेल खाने जनचेतना मुलक कैयौ भिडियो बजारमा आई पनि सकेका छन् । जसमा नाटक सट फ्लिम लगायत रहेका छन् । तर अहिले भने भाइरल जोडिको आफ्नै अभिनयमा भिडियो सार्वजनिक भएको हो ।

गायक प्रदिप लामाको आफ्नै शब्द संगीतमा निर्माण भएको उक्त भिडियो अहिले चर्चामा आईरहेको छ । भिडियो निकै नै राम्रो र जनचेतनामुलक बनेको साथै उनिहरुकै जिवनमा मेल खाने खालको भएको गाएकको दाबी छ।

पुष्कर सुनुवारले एरेन्ज गरेका उक्त गीतको छायांकन केशव विश्वकर्माले गरेका हुन् । मोहन सुनुवारको सम्पादन रहेको भिडियोलाई गायक लामाको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस