‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ देशभर प्रदर्शनमा

सफल खबर संवाददाता

शुक्रबार, १७ फागुन २०७५, १२ : ३८
‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ देशभर प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई वटा नयाँ फिल्म ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ देशभर प्रदर्शनमा आएका छन् ।  

‘क्याप्टेन’
अनमोल केसीको अभिनय रहेको क्याप्टेन नेपाली फुटबलको बिषयमा निर्माण भएको फिल्म हो । बाबुको सपना साकार पार्न हिँडेको मध्यम वर्गीय परिवारको एक व्यक्तिले देशका लागि स्वर्ण पदक जित्ने यात्रामा सामाना गर्नु पर्ने चुनौती फिल्मले कथा बनाएको छ । फिल्ममा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी रहेका छन् ।

सामिप्यराज तिमल्सिनाको पटकथा, सुदिप बरालको छायाँकन रहेको फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको अभिनय छ । फिल्ममा अभिनेत्री निरुता सिंह र अभिनेता भुवन केसीको पनि अभिनय छ ।

‘द ब्रेकअप’
‘द ब्रेकअप’ आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म हो । प्रेम र विछोडको कथा बुनेको फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानी रहेको छ ।

फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारको पनि अभिनय छ । अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् ।

रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस