आयुष्मान खुराना
अहिलेका हिट हिरो हुन्, अभिनेता आयुष्मान खुराना। उनका कम बजेटका फिल्मले पनि प्रशस्त आम्दानी गरिरहेका छन्। लगभग ३० करोड भारतीय रुपैयाँको लागतमा बनेको उनको फिल्म ‘बधाई हो’ ले दुई सय करोड भारुभन्दा बढी कमायो।
फिल्म ‘अन्धाधुन’ सन् २०१८ का उत्कृष्ट फिल्ममध्ये एक भएको फिल्म समीक्षकले उल्लेख गरेका छन्। दर्शकसँग जोडिने किसिमका भूमिका आयुष्मानले गर्ने गरेका छन्। त्यसैले अहिले उनी धेरै निर्माता-निर्देशकको रोजाइ बन्ने गरेका छन्।
फिल्म ‘विक्की डोनर’ बाट बलिउडमा डेब्यू गरेका आयुष्मानले ‘दम लगाकर हाइसा’, ‘शुभ मंगल सावधान’ लगायत फिल्ममा पनि काम गरेका छन्।
राजकुमार राव
नयाँ पुस्ताका कलाकारमध्ये उम्दा अभिनय गर्नेमा पर्छन्, अभिनेता राजकुमार राव। ‘न्युटन’, ‘ट्र्याप्ड’, ‘शाहिद’ लगायत फिल्ममा उनले अभिनय गरेका छन्। यी फिल्ममा गरेको अभिनयका कारण उनले फिल्म समीक्षकबाट प्रशस्त प्रशंसा बटुलेका छन्।
सन् २०१० देखि बलिउडमा करिअर सुरु गरेका उनले अहिलेसम्म दुई दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्। सन् २०१८ मा फिल्म ‘स्त्री’ मा अभिनेत्री श्रद्धा कपुरसँग पर्दामा देखिएका राजकुमार यस वर्ष ‘स्त्री २’, ‘मेड इन चाइना’, ‘मेन्टल है क्या’, ‘एक लडकी को देखा तो ऐसा लगा’ फिल्ममा देखिनेछन्।
तापसी पन्नू
अभिनेत्री तापसी पन्नू धेरैजसो मध्यमवर्गीय महिलाको भूमिकामा देखिने गर्छिन्। फिल्म ‘पिंक’, ‘नाम शबाना’, ‘सूरमा’ मा काम गरेर उनले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्। उनी चुनौतीपूर्ण भूमिका गर्छिन्। सन् २०१९ मा उनी फिल्म ‘तडका, ‘बदला’ र ‘मिसन मंगल’ जस्ता फिल्ममा देखिनेछिन्।
विक्की कौशल
बलिउडमा प्रतिभाशाली उदीयमान कलाकार हुन्, अभिनेता विक्की कौशल। फिल्म समीक्षकले उनलाई ‘लामो रेसको घोडा’ का रूपमा हेरिरहेका छन्।
फिल्म ‘मसान’ बाट बलिउडमा प्रवेश गरेका विक्कीले त्यसै वर्ष फिल्म फेयर अवार्डमा ‘बेस्ट मेल डेब्यू’ अवार्ड हात पारेका थिए। फिल्म ‘रमन राघव २.०’ मा उनले गरेको अभिनयको समीक्षकले खूब तारिफ गरेका थिए। फिल्म ‘संजू’ मा सञ्जय दत्तको साथीको भूमिकामा देखिएका विक्कीलाई दर्शकले खूब रुचाए। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस