हरेक मानिसलाई आफ्नो घर सुन्दर देखियोस्, सबैले घरको सजावटको प्रशंसा गरून् भन्ने चाहना हुन्छ। सजावटप्रति सजग हुँदाहुँदै पनि कहिलेकाहीँ यस्ता गल्ती हुन सक्छन्।
१ कसै–कसैले घरमा आवश्यकताभन्दा बढी तस्बिर प्रयोग गरेका हुन्छन्। घरभरि जताततै तस्बिर राखिँदा सुन्दर देखिनुको साटो घर भद्दा देखिन सक्छ। त्यसैले फोटोहरूको कोलाज बनाएर एउटै भित्तामा राख्दा राम्रो देखिन्छ। फोटोफ्रेम पनि झिल्केमिल्केभन्दा साधारण भएको राम्रो।
२ घरका सबै भित्तामा एउटै रङ लगाउने ट्रेन्ड पुरानो भइसक्यो। अहिले फरक–फरक हलुका रङले भित्ता रंगाउने गरिन्छ। गाढा रङ मन पराउनेले केही भित्तामा गाढा रङ प्रयोग गर्न सक्छन्। भित्ताको रङसँग मिल्ने फर्निचर र पर्दा प्रयोग गर्न सकिन्छ।
३ कतिपयलाई दशकौँ पुराना ऐतिहासिक मूर्ति, चित्र आदि राखेर घर सजाउने रहर हुन्छ। यस्तो सजावटी सामान पनि आवश्यकताभन्दा बढी राख्नु हुँदैन। धेरै सामान राखेमा घर झनै अस्तव्यस्त र भद्रगोल देखिन सक्छ। बैठक कोठालाई ऐतिहासिक सामानको संग्रहालय बनाउनु ठीक होइन। बरु, त्यसको साटो घरको सजावटअनुसार मिल्ने पुराना मूर्ति, चित्र राखेर कोठा सजाउन सकिन्छ।
४ घर सजाउन नक्कली फूल प्रयोग गर्नु हुन्न। यसले घरलाई आकर्षक देखाउँदैन। केही पैसा खर्च गरेर सक्कली ताजा फूल सजाउँदा घर सुन्दर देखिन्छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस