यस्तो छ पानीजहाज कार्यालयको वास्तविकता

सफल खबर संवाददाता

शनिबार, ११ फागुन २०७५, १८ : ११
यस्तो छ पानीजहाज कार्यालयको वास्तविकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुब गतिलैसँग ‘नेपालको आफ्नै पानीजहाज चलाउने’ भूत सवार भएको छ । त्यसैले उनले पटक–पटक पानीजहाज चलाउने भाषण मात्रै गरेका छैनन्, बिनाकुनै तयारी हतारहतार ‘नेपाल पानीजहाजको कार्यालय’समेत उद्घाटन गर्न समेत भ्याएका छन् ।
‘हजारौ माइलको लामो यात्रा पनि एक पाइलाबाट सुरु हुन्छ दूरी घट्दैछ सपना नेपालीको’  भन्ने नारा ब्यानरमा लेखाएर तामझामका साथ उद्घाटन गराइएको पानीजहाज कार्यालयको आफ्नै पाइलोको टुंगो रहेनछ । प्रधानमन्त्री आफैले एक वर्षअघि नै पुस १६ गते नै पानी जहाजको टिकट काट्ने सकिने दावी गरेपछि पत्याउनै पर्यो । आफूले गरेको घोषणा पत्याएनन् भनेर रातारात फ्लेक्समा हुँदै नभएको कार्यालय खडा गरेर प्रधानमन्त्रीले प्रचारप्रसार पनि व्यापक गराएका छन् ।
बाहिर बोर्डमा नेपाल पानीजहाजको कार्यालय लेखिए पनि भित्र भने चक्रपथ सुधार आयोजनको कार्यालयको काम पो भइरहेको छ । चक्रपथ सुधार आयोजनाको कार्यालयमा फ्लेक्स टाँसेर पानीजहाजको कार्यालय बनाएँ भनेर भाषण ठोकेका प्रधानमन्त्रीले त उक्त कार्यालयका लागि कर्मचारीसमेत व्यवस्थापन गरेका  छैनन् । प्रधानमन्त्रीको यस्तो व्यवहारले उनको बुढ्यौली उमेरको उत्ताउलो केटाकेटीपन त देखिएको छ नै त्यो भन्दा बढ्दा कमजोरी प्रधानमन्त्रीले जे जेृ भन्यो त्यसैमा ल्याप्चे ठोक्दै हिड्ने मन्त्री र सचिवहरुको हविगत पनि सतहमा देखिएको छ । आवश्यक पूर्वाधार र पर्याप्त तयारीबिना हतारमा स्थापना गरिएको पानीजहाज कार्यालय अहिले बन्द प्राय रहेको छ ।
फाट्टफुट्ट चक्रपथ सुधार आयोजनको कामले केही सेवाग्राही त्यहाँ पुग्ने गरे पनि कार्यालयका अधिकाश कर्मचारी कार्यालयमा भेटिदैनन् । सो कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरिसकेको दावी गरेका थिए ।  नेपालमा रेलभन्दा पहिले पानी जहाज आउने भन्दै उनले पानीजहाजको टिकट छिट्टै पाइने दाबी गर्न पनि भ्याए  प्रधानमन्त्रीको भाषण सुन्दा यस्तो लग्थ्यो, मानौं पानीजहाज ल्याउने काम रातारात भइरहेको छ, सप्तकोसी नदीमा निजी क्षेत्रका व्यवसायीहरूले चलाएको मोटरबोटजस्तै ठूला पानीजहाज पनि तत्कालै आइहाल्ने उनको संकेत देखिन्थ्यो, तर भारतको कोलकाता बन्दरगाहमा जोड्ने नदीमा चलाइने आकारका मात्र मध्यम आकारका पानीजहाज किन्न, कर्मचारी तथा अन्य स्रोत सामाग्री जुटाउनमै २ वर्ष लाग्ने देखिन्छ ।अहिले पानीजहाज कार्यालयको निमित्त रजिस्ट्रार चक्रपथ सुधार आयोजनाको परियोजना प्रबन्धक अमृतमणि रिमाललाई दिइएको छ, अर्थात् तत्कालको लागि पानीजहाज कार्यालयको नेतृत्व सम्हाल्ने जिम्मा उनैलाई छ ।
कार्यालयमा बाहिर बोर्डबाहेक पानीजहाज कार्यालयको आवश्यक कागजपत्रका फायलसमेत बनाएर राखिएको छैन । नेपालले चलाउने पानीजहाज कस्तो हो? कहाँ चल्छ? कति लागत पर्छ भन्ने जानकारी दिनसक्ने कोही कर्मचारी रहेका छैनन् । यसको मतलब भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका कुनै पनि अधिकारी समेत त्यसको कुनै जानकारी राख्ने खालका छैनन् ।
चक्रपथ सुधार आयोजनाकै कर्मचारी पानीजहाज कार्यालयका कर्मचारी भनिए पनि काम कारवाही कसरी अघि बढाउने भन्नेमा उनीहरू अझै अन्यौलमा छन् ।  आवश्यक कुनै नीतिगत, कानुनी र संरचनगत तयारीबिना हतार–हतारमा कार्यालयको बोर्ड राखेर उद्घाटन गरिएको कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी रहेको भनिए पनि जनशक्ति कसरी व्यवस्थापन गर्ने कुनै टुंगो छैन । यतिखेर चक्रपथ सुधार आयोजनकै भइरहेको छ, पानीजहाज कार्यालय पनि यही र कर्मचारी पनि यहाँकै भनिए पनि काम अघि बढेको छैन, अरु थप कर्मचारी समेत आउन बाँकी छ, पानीजहाज कार्यालयका प्रवक्ताको जिम्मेवारी पाएका निरन्जन शर्माले केवल औपचारिक रुपमा समान्य प्रतिक्रिया दिने गरेका छन् ।
कार्यालयको उद्घघाटन गर्दै प्रधानमन्त्री ओलीले केही महिनाभित्रै देशमा पानीजहाज सञ्चालन हुने गरी आवश्यक स्थान, जनशक्ति र योजनासहित अघि बढेको बताए पनि यसबारे विस्तृत जानकारी नै प्राप्त भइनसकेको कार्यालयका कर्मचारीहरू बताउछन् । पानीजहाज आउँदैन कि भन्नेहरुलाई केही महिना पर्खेपछि पानीजहाज सञ्चालनमा आउने र टिकट पाइने पनि प्रधानमन्त्रीले बताएक थिए । तर यो पाराले अझै केही वर्ष काम हुने देखिदैन, चक्रपथ सुधारकै काम धेरै बाँकी छ, त्यो पूरा नगरी पानी जहाजको काममा लाग्न सकिदैन,’ कार्यालयका कर्मचारीहरूले कताउने गरेका छन् । तर पानी जहाज कार्यालयले भने एक काइते विज्ञप्ति जारी गरेर कार्यालय पानीजहाजकै भएको र सो सम्बन्धी काम भइरहेको जिकिर गरेको छ । तर जानकारहरुकाअनुसार सडक आयोजनाको मात्रै काम भइरहेको र पानी जहाज कार्यालय देखाउनका लागि मात्रै खोलिएको बताउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस