लुट्न सके लुट विवाद

प्रतिपक्ष पशुपतिको पक्षमा, सत्तापक्षले दियो चुनौती

सफल खबर संवाददाता

सोमबार, ०६ फागुन २०७५, १५ : ५३
प्रतिपक्ष पशुपतिको पक्षमा, सत्तापक्षले दियो चुनौती

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले युट्युबबाट सार्वजनिक गरेको लुट्न सके लुट बोलको गीतको विवाद प्रतिनिधि सभा बैठकसम्म पुगेको छ । प्रतिनिधि सभाको सोमबारको शुन्य समयमा बोल्ने क्रममा प्रतिपक्ष नेपाली काँग्रेसका सांसद अमरेस सिंह र सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावलबीच दोहोरी नै चलेको छ ।

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार घोषणा दिने गरे । उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

सिंहको काउण्टरमा नेकपा सांसद झपट रावलले सुशील कोइरालाको सरकार भएको बेला मलाई अमेरिका यही बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको टिप्पणी गरे । विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट उनले भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’

प्रतिक्रिया दिनुहोस