नेपाल प्रहरीका ४० जना बढुवा सिफारिसमा (नामावलीसहित)

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, ११ : ५४
नेपाल प्रहरीका ४० जना बढुवा सिफारिसमा (नामावलीसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका १४ जना प्रहरी उपरिक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितीको बैठकले बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधान अनुसार बढुवा समितीले सन्दिप भण्डारीलाई एक नम्बर, टेक प्रसाद राईलाई दुई नम्बर, उमेशलाल जोशीलाई तेस्रो नम्बर र श्यामलाल ज्ञवालीलाई चौंथो नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।  

बढुवा सिफारिस सूचीमा पर्नेमा श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल रहेका छन्।

यसैगरी, गृह मन्त्रालयले प्रहरीका २६ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) हरुलाई प्रहरी उपरिक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितीले अघिल्लो बढुवामा छुटेका रमेश कुमार बस्नेतलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस