'४० पुगेपछि महिला अझै हट हुन्छन्'

आइतबार, २० माघ २०७५, २१ : ४३
'४० पुगेपछि महिला अझै हट हुन्छन्'

बलिउड सिनेमामा आफ्नो अभिनयका कारण लाखौँको दिल जितेकी अभिनेत्री विद्या बालनले महिलाको उमेरबारे टिप्पणी गरेकी छिन् । गत १ जनवरीमा उनले ४०औँ जन्मदिन मनाइन् । उनको जन्मदिनको भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । सो दिन उनी निकै फरक ढंगमा प्रस्तुत भएकी थिइन् ।

अंग्रेजी वेबसाइट पिंकभिलाका अनुसार ४० वर्षपछि महिला खुब केयरलेस हुन्छन् । तर, विद्याले भनेकी छिन्, ‘यस उमेरपछि महिलाले ज्यादा पीर गर्न छाड्छन् र जिन्दगीलाई पहिलेभन्दा ज्यादा आनन्दले जिउने कोसिस गर्न सुरु गर्छन् ।’ ४० वर्षपछि महिला झनै ‘हट’ हुने उनको भनाइ छ ।

‘म मान्छु कि ४० वर्ष काटेपछि महिला केयरलेस हुन्छन् र अझै हट हुन्छन् । यो उमेरभन्दा पहिला महिला सर्माउँछन् र सेक्सको आनन्द लिन सक्दैनन् । तर, ४९ वर्षपछि भने विल्कुल बेपर्वाह भएर जिन्दगीलाई बुझ्छन् र जित्छन्,’ उनले भनिन् । उनले बढी चिन्ता गर्नेले जिन्दगी रमाइलो गरी जिउन नसक्ने बताएकी छिन् ।

विद्या चाँडै नै अक्षय कुमारको फिल्म ‘मिसन मंगल’मा देखिँदै छिन् । फिल्ममा उनको साथमा तपसी पन्नु, सोनाक्षी सिन्हा र निथिया मेननको पनि भूमिका हुनेछ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस