रविसँग बिहे गरेकी निकितालाई पदच्युत गर्ने तयारी

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १७ : ३३
रविसँग बिहे गरेकी निकितालाई पदच्युत गर्ने तयारी

काठमाडौं । नियमित चौमासिक समीक्षा बैठकमा अनुपस्थित रहेपछि चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई पदच्युत गर्ने तयारीमा सरकार लागेको छ ।

स्रोतका अनुसार, आज बोलाइएको चौमासिक समीक्षा बैठकमा खबर गर्दागर्दै पनि अटेर गरी अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग कडा स्पस्टिकरण सोधेर पदच्युत गर्न भर्खर मन्त्रालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

‘बैठकमा आज उक्त बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा पनि थियो’ स्रोतले भन्यो, ‘जसमा आफ्ना कुरा राख्न निकिताको उपस्थिति देखिएन । त्यो कुराले छोएपछि मन्त्रीले सहसचिव राधिका अर्याललाई सोधे, खबर थिएन ? सहसचिव अर्यालले भनिन्, थियो । उसो भए किन उहाँ आउनु भएन ? भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिनपर्यो, त्यो हैन भने स्पस्टिकरण सोधेर गोर्खापत्रमा जस्तै पदबाट हटाउन पर्यो, अदालत गए जान्छन् तर सधैं यसरी मनपरि गर्न पाउन्नन् । बरु ताला  लागे लागोस् यस्ता गतिछाडालाई राखेर बिकास बोर्ड उभो लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस