भनिन्छ, ‘दशा बाजा बजाएर आउँदैन ।’ तपाईं कारमा हिँड्दाहिँड्दै अचानक ब्रेकफेल पनि हुन सक्छ । यो स्थितिमा आत्तियो भने दुर्घटना हुन सक्छ । यस्तो अवस्थामा पनि आफूलाई बचाउन भने सकिन्छ । त्यसका लागि यी टिप्स अपनाऔँ :
१. कारको स्पिड लो गर्नुहोस् । अनि, गियर पनि घटाउनुहोस् । यसो गर्दा कारको गति अलि कम हुँदै जान्छ ।
२. अरू ड्राइभर तथा ट्राफिकलाई संकेत दिनुहोस् । हेजार्ड लाइट, हेडलाइट्स आदि बाल्नुहोस् । अरूलाई थाहा दिन हर्न बजाउनुहोस् ।
३. ब्रेक पाइडललाई पटक–पटक दबाउनुहोस् । यसरी दबाब दिँदा ब्रेकले काम पनि गर्न सक्छ ।
४. एसीलाई सबभन्दा कुलेस्ट टेम्प्रेचरमा तथा अधिकतम फ्यान स्पिडमा लानुहोस् । यसका साथै, कारका सबै हेडलाइट्ससहित अन्य एक्सेसरिजलाई पनि चालू गर्नुहोस् । यसो गर्दा, केही किलोवाट पावर कम हुन्छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस