निर्मला पन्त हत्या प्रकरण

भजाइनल स्वाब निर्मलाकै हो भन्नेमा अब शंका रहेन : प्रहरी

सफल खबर संवाददाता

सोमबार, १४ माघ २०७५, १२ : २२
भजाइनल स्वाब निर्मलाकै हो भन्नेमा अब शंका रहेन : प्रहरी

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया निर्मला पन्तको भजाइनल स्वाबको डीएनएसँग आमा दुर्गादेवी पन्तको डीएनए मिलेको पाइएको छ ।

आमा दुर्गादेवीले डीएनए परीक्षणका लागि पुुस २५ गते रगतको नमुना दिएकी थिइन् । निर्मलाको शवबाट निकालिएको भनिएको भनाइजल स्वाब माथि शंका उठेपछि आमाको नमुना संकलन गरिएको थियो । तर बाबु यज्ञराज पन्तले भने रगत दिन मानेका थिएनन् । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिहं कडायतले भने, ‘सरोकारवालाकै मागअनुसार आमाको रगत परीक्षणका लागि पठाइएको हो । मिलेर आएको छ । भजाइनल स्वाब निर्मलाकै हो भन्नेमा अब शंका रहेन ।’

यसैबीच, निर्मला बलत्कार पछि हत्याकाण्डको छानविनमा गम्भीर प्राविधिक र प्रक्रियागत त्रुटि भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले अगाडिको अनुसन्धानमा गम्भीर हुन नेपाल प्रहरीलाई सचेत गराएको छ । आयोगद्वारा गठित ४ सदस्यीय विज्ञहरुको टोलीले डेढ महिना लगाएर गरेको अनुसन्धानमा उनको यौनीबाट रगत, सुक्रकिट र तरल पदार्थ निकाली जाँचबुझ गर्ने प्रक्रियामा नै हेलचेक्र्याई गरिएको, परीक्षण विधि गलत अपनाइएको, परीक्षणका लागि निकालिएका पदार्थलाई वैज्ञानीक विधि अनुसार नराखिएको निस्कर्ष निकालेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले विज्ञ टोलीबाट प्राप्त रिपोर्ट प्रधानमन्त्रीको कार्यालयमा पठाई अब हुने अनुसन्धानमा गम्भीरता अपनाउन प्रहरीलाई निर्देशन दिन भनेको छ । विज्ञ टोलीमा डा. वस्ती र डा. झा, अवकास प्राप्त प्रहरी अधिकृत विज्ञानराज शर्मा र कानुन विशेषज्ञ नरेन्द्र पाठक रहेका थिए । उनीहरुले बुझाएको प्रतिवेदनका आधारमा मानव अधिकार आयोगले प्रारम्भिक छानविनमा चार त्रुटि औंल्याएको छ । छानविनलाई सफल बनाउँन २४ वटा सुझावहरु पनि दिएको छ ।

निर्मलाको गुप्तांगबाट तरलपदार्थ निकाल्ले प्रक्रिया नै त्रुटिपूर्ण रहेको, त्यसमा केवल १४ प्रतिशत मात्र नमुना संकलन गरिएको र परीक्षण विधिमा वाइएसटिआर प्रणाली अपनाइएको र त्यो समूहगत अपराधिक परीक्षणका लागि प्रयोग हुने विधि भएको तर त्यो क्रममा अटोसोमलएसटिआर प्रक्रियालाई बेवास्ता गरिएको बताइएको छ । आपराधिक व्यक्तिको परीक्षणका लागि यो प्रक्रियाबाट परीक्षण गरिन्छ । प्रतिवेदनमा महिला भेजिनल स्वाव, सुक्रकिट निकालि छुट्टाछुट्टै राख्नु पर्नेमा एकै ठाउँमा राखिएको र त्यसलाई सावधानीपूर्वक सुरक्षित नगरिँदा पनि छानविनमा कठिनाई उत्पन्न भएको उल्लेख छ ।

यहाँ क्लिक गर्नुहोस् :       प्रतिवेदनको पूर्ण पाठ :
 

प्रतिक्रिया दिनुहोस