एजेन्सी । रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ । विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ । तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्छ ।
यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ । यसले हाम्रो निद्रा प्रभावित हुन्छ जसका कारण हाम्रो रक्तचापमा उतारचढाव आउँछ । कृत्रिम प्रकाशले मस्तिष्कमा पनि प्रभाव पार्छ ।
शोधकर्ताहरुका अनुसार रातमा बत्ती बालेर सुत्नाले सरीरमा क्यान्सर कोशिकाहरु सक्रिय बन्दछन् । रातमा बत्ती बालेर सुत्ने महिलामा अँध्यारेमा सुत्ने महिलामा भन्दा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने शोधकर्ताहरुको निष्कर्ष छ ।
बिभिन्न कारण रातको समयमा प्राकृतिक रुपमा अँध्यारो नै होस् भन्ने सरीरले चाहन्छ । यदि रातको समयमा रातभर नै उज्यालो प्रकाशमा बस्ने र काम गर्ने गरिरहने हो भने केही समयपछि नै सरीरमा विभिन्न खाले नकारात्मक असर पर्दछन् ।
यसअघिका विभिन्न अध्ययनले रातको सिफ्टमा काम गर्ने मानिसहरुमा तनाव, क्यान्सर, मधुमेह लगायतका समस्याको जोखिम बढ्ने देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ माघ २०७५, १२ : ३९
लेखकबाट थप