डा. डिबी सुनुवार होलिस्टिक अभियन्ता
काठमाडौं । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये संगीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउँछ ।
संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ । यो अनौठो कुरा होइन, तर संगीतबाट पनि उपचार गरि“दै आएको छ । उदाहरणका लागि ०७२ वैशाख १२ मा गएको भूकम्पले धेरै मानिसको मन मस्तिष्कलाई नराम्रो असर ग-यो । धेरै धनजनको क्षति भयो । सो दुःखले धेरैको मनमा चिन्ता पैदा गरायो । त्यस्तो परिस्थितिमा केही संगीतकर्मीले म्युजिक थेरापी अर्थात् सांगीतिक समारोह गरे । त्यसले धेरै मानिसलाई राहत दियो ।
यसरी उपचार सम्भव
बाल, जवान र वृद्ध सबैलाई संगीतको धुन मन पर्छ । बाल अवस्थामा बाल संगीत, जवानलाई मायाप्रितीका र बुढाबुढीलाई भक्ति–भजन मन पर्ने गर्छ । तर, हरेकले कुनै न कुनै रूपले यसबाट फाइदा लिइरहेका हुन्छन् । संगीतले हाम्रो स्वास्थ्यमा गहिरो सम्बन्ध स्थापित गरेको हुन्छ । आफ्नो इच्छाअनुसारको संगीत सुनेर धेरै रोगको उपचार गर्न सकिन्छ । अझ उसको जीवनमा पर्ने प्रतिकूल असरलाई पनि कम गर्न सकिन्छ । संगीत चिकित्सा शारीरिकभन्दा पनि मानसिक बिरामीका लागि बढी लाभदायक हुन्छ । संगीतमा मनको हरेक भागलाई स्पन्दित गर्ने आथाह शक्ति भएकाले मानसिक रोगीहरू उत्साही वा आनन्दित हुन्छन् ।
-संगीत चिकित्साको प्रयोगबाट टाउकोको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुन्छ । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थिलाई उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ । संगीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको संगीत सुनाएर दुवैखाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिन्छ ।
-घरायसी होस् या अन्यत्र, संगीतमय वातावरणले हाम्रो दिनचर्यामा महत्व राख्छ । घरायसी वातावरणदेखि कार्यालय, होटेल, यात्रा जहाँसुकै होस्, मनलाई आनन्दित, शान्त र खुसी तुल्याउन संगीत हाम्रो अगाडि आउ“छ । संगीतको धुनले एकत्रित गरी मनलाई शान्त बनाउँछ । र, हाम्रो मानसिक मात्र नभएर शारीरिक स्वास्थ्यमा समेत लाभ पु-याउँछ ।
-गन्धर्व वेदअनुसार संगीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ । यी सात स्वरमा सा, रे, ग, म, प, ध, नि पर्छन् । हारमोनियम, गिटार, सारंगी, बाँसुरी जस्ता प्रायः वाद्यवादनमा यिनै स्वरका आधारमा संगीत सिर्जना गरिन्छ । गीतले त्यतिवेला पूर्णता प्राप्त गर्छ, जतिवेला त्यसले संगीतको सहारा पाउँछ । संगीतको मिलन नभएसम्म गीत केवल कविता र श्लोकमा सीमित रहन्छ । संगीत विभिन्न समयमा मानिसले मुड स्वस्थ बनाइराख्न प्रयोग गरिरहेका हुन्छन् । विकसित राष्ट्रहरूमा संगीत चिकित्सालाई सम्मानित पेसाको रूपमा हेरिन्छ । नेपालमा पनि संगीत चिकित्साको महत्व बुझेर जीवनमा उपयोग गर्न सके धेरै प्रकारका मानसिक समस्याबाट मुक्त हुन सकिन्छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस