“यस्तो छ कम्युटरबाट आँखा बचाउने नयाँ तरिका”

एजेन्सी

शुक्रबार, ०४ माघ २०७५, १३ : ४५
“यस्तो छ कम्युटरबाट आँखा बचाउने नयाँ तरिका”

काठमाडौं । विद्यालय, कार्यालय, अस्पताल, सरकारी तथा गैरसरकारी संस्थाहरु कम्प्युटरको सहायता बिना चल्न सक्दैनन् ।
केही व्यक्तिहरु आफ्नै रोजगारका लागी घरमै बसीबसी पनि घण्टौँसम्म कम्प्युटरमा काम गर्ने गर्दछन् । कम्प्युटर मात्र नभई उनीहरु टिभी, मोबाइल, ल्यापटप आदिमा पनि मनोरञ्जन गरिरहेका हुन्छन् । जसले आजभोलिका धेरैजसो मानिसहरुमा आँखाको समस्या देखिन्छ ।
यस्तो अवस्थामा आँखाको समस्या कम गर्न हामी केही विधिहरु अपनाउन सक्छौँ ।
अमेरिकी व्यवसायिक सुरक्षा तथा स्वास्थ्य संघका अनुसार हाम्रो बसाइको तरिका पनि हाम्रो आँखा थाक्नुको कारण हुन सक्छ । त्यसैले कम्प्युटरमा काम गर्नुभन्दा हाम्रो बसाइको तरिका सहि छ या गलत भनेर बुझ्न जरुरी हुन्छ ।
कतिपय अवस्थामा डिस्प्ले आँखाभन्दा तल या माथि हुनसक्छ । यो आँखाका लागि खतरा मानिन्छ । यदि हामी स्क्रिनमा हेर्न आफ्नो ढाडलाई गलत तरिकाले घुमाउँछौँ भने यसले हाम्रो आँखामा चाप परिरहेको हुन्छ ।
हामी आँखाका लागि सहि स्थानमा कम्प्युटर या ल्यापटप राख्न चाहन्छौँ भने ल्यापटप स्ट्यान्ड या किताबको प्रयोग गर्न सक्छौँ ।
आँखाका समस्या कम गर्न २०-२०-२० नियम प्रभावकारी मानिन्छ । यसमा स्क्रिनमा हेरेको हरेक २० मिनेटपछि २० सेकेन्डको लागि २० फिट टाढा केहि वस्तुलाई हेर्नु पर्दछ ।
काम गरिरहेका बेला समयको अभावमा हामी प्रोटेक्ट योर भिजन भन्ने एप्लिकेसनको प्रयोग गर्न सक्छौँ । यसलाई प्रयोग गर्न सुरुमा हामीले यो साइट खोलिसकेपछि २०-२०-२०क्लिक गरेर ड्रप डाउन मेनुबाट आफ्नो ब्रेक सेड्युल छान्नु पर्ने हुन्छ । हामी २०-२०-२०, ६०-५ या कस्टमसँगै जान सक्छौँ ।
ब्रेक सेड्युल छानिसकेपछि ‘अनुरोध अनुमति तथा परीक्षणघि सुचना’ लेवलको कालो बटनमा क्लिक गर्नुपर्ने हुन्छ । फायर बक्सको लागि अनुमति दिएर पी वाई वी शुरु गर्नुपर्ने हुन्छ । वेबसाइटलाई डेक्स्टप नोटिफिकेसनको आवश्यकता पर्दछ ।
त्यस लगत्तै स्क्रिनमा टाइमर देख्न सकिन्छ जसले जसले हाम्रो अब आउने ब्रेकको समय देखाउँछ । हामी टाइमरको साइडमा भएको भोलुम आइकनमा क्लिक गरेर ध्वनी डिसएबल गर्न पनि सक्छौँ । आँखाका लागि प्रोटेक्ट योर भिजन राम्रो एप्लिकेसन मानिन्छ तर यदि हामी हरेक २० मिनेटमा कम्प्युटर स्क्रिनलाई स्वचालित रुपमा अँध्यारो बनाउन चाहान्छोँ भने माइकमा टाइम प्रयोग गर्न सक्छौँ । यसले हामीलाई ब्रेक सुरु गर्न कुनै पनै बटन क्लिक गर्न आवश्यकता पर्दैन ।
डिजिटल ब्लु लाइटलाई अप्टिकल उद्योग निर्माता तथा आपूर्तिकर्ताहरुको ठूलो समूह अर्थात् भिजन परिषद्ले आँखा थकानको मुख्य कारण मानेको छ । त्यसैले हामीले आफ्नो मनिटरलाई आँखा अनुकूल बनाउन सेटिङमा गएर ब्राइटनेस घटाउन सक्छौँ ।
यदि हामी काम गरिरहेको ठाँउमा चम्किलो प्रकाश छैन भने आँखालाई राहत दिन स्क्रिनबाट निलो प्रकाश कम गर्न सक्छौँ ।
यी विकल्पहरु प्रयोग गर्न नसकेमा आँखा विशेषज्ञलाई भेटेर आँखाको शक्ति अनुसार चस्मा बनाउन सक्छौँ । चस्मा कम्प्युटर दृष्टि सिंड्रोमका लागि लाभदायी मानिन्छ । यसले आँखाको समस्या कम गर्न मद्दत गर्दछ ।
 

प्रतिक्रिया दिनुहोस