एनआई सी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०७५, १९ : १८
एनआई सी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा

जाजरकोट । एनआई सी एशिया बैंकले आफ्नो नयाँ शाखा कार्यालय जाजरकोटको डल्लीमा खोलेको छ । बैंककोे नलगाड नगरपालिका वडा नम्बर ७, जाजरकोटस्थित डल्ली बजार शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलबाट शुक्रबार एक समारोहकाबीच उद्घाटन भएको छ ।

एनआई सी एशिया मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुन राजखनियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस