सीएमसीको शिविर : २४ डाक्टरबाट ७५० जनाको स्वास्थ्य परीक्षण

सफल खबर संवाददाता

मंगलबार, २४ पुस २०७५, १७ : ०७
सीएमसीको शिविर : २४ डाक्टरबाट ७५० जनाको स्वास्थ्य परीक्षण

तनहुँ । चितवन मेडिकल कलेज (सीएमसी) ले तनहुँ जिल्लाको व्यास नगरपालिका गजौडीमा आज निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शिविरमा २४ जना विशेषज्ञ डाक्टरहरुले ७५० जनाको स्वास्थ्य परीक्षण गरेका थिए । 
चितवन मेडिकल कलेजल सामाजिक उत्तर दायित्वअन्तर्गत ग्रामीण भेगमा पुगेर प्रत्यक्ष रुपमा विशेषज्ञसहितको निःशुल्क उपचार सेवा दिने अभियान अन्तर्गत तनहुँको गजौडीमा शिविरको आयोजना गरेको हो । 
चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेको नेतृत्वमा सीएमसीको विशेषज्ञ टोली तनहुँ पुगेर स्थानीयको स्वास्थ्य जाँचमा खटिएको अस्पतालका निर्देशक डा दायाराम लम्सालले जानकारी दिनुभयो । 
गौजाडीमा आयोजित शिविरमा ढाड दुःख्ने र छालाका समस्या धेरै भएका विरामीहरु भेटिएको अस्पतालका कार्यकारी प्रमुख प्रताप देवकोटाले जानकारी दिनुभयो । उहाँले शिविरमा निःशुल्क औषधि वितरणसमेत गरेको बताउनुभयो ।  
शिविर स्थलमा नै निःशुल्क भिडियो एक्सरे, ल्याब परीक्षणसँगै मद्युमेहसमेतको परीक्षण गरिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले बताउनुभयो  । 
स्थानीय लायन्स क्लब अफ तनहुँको सहकार्यमा भएको शिविरमा बालबालिकादेखि महिला तथा वृद्धवृद्धाहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

 

प्रतिक्रिया दिनुहोस