महिनावारीका समयमा के गर्ने, के नगर्ने ?

बुधबार, ०४ पुस २०७५, १९ : ४८
महिनावारीका समयमा के गर्ने, के नगर्ने ?

- महिनावारीका समयमा यौनांगबाट रगत बग्ने हुन्छ । यसर्थ, यसको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यदि, सरसफाइको कमी भएमा कतिपय अवस्थामा संक्रमणसमेत हुन सक्छ ।
- सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ । प्याड हरेक चार घन्टामा फेर्नुपर्दछ । एउटै प्याड लामो - समय राख्दा ब्याक्टेरिया फैलन सक्ने सम्भावना रहन्छ । 
- यो वेलामा शरीरमा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ । 
- दुखाइ कम गर्ने नाममा अनावश्यक औषधि सेवन गर्नु हुँदैन । 
- यो वेला यौनांगमा पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नु हँुदैन । जसले इन्फेक्सन गर्न सक्छ ।  - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस