फतुवामा ११ करोडको लागतमा सुरक्षित पानी, सर्वसधारमा खुशियाली

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०७५, १४ : ४६
फतुवामा ११ करोडको लागतमा सुरक्षित पानी, सर्वसधारमा खुशियाली

रौतहट । रौतहट जिल्लाको अधिकांसंग क्षेत्रमा सुद्ध सुरक्षित खाने पानीको अवस्था कमजोर रहेको छ । बढदो आधुनीकरण संगै आम नागरिकले पिउदै आएको पानी सुद्ध नभएको विभिन्न जाचँहरुको रिपोर्टले बताउँदै आए पनि खाने पानीमा सरकार लभाम्बीत सम्म नपुग्दा दिनानुदिन विरामीको संख्यामा बृद्धि हुदै गएको देखिन्छ । 

यस्ता समस्याहरुको मध्य नगर गर्दै जिल्लाको राजपुर नगरपालिका वार्ड नंं २ फतुवा महेसपुरमा करिव ११ करोडको लागतमा सुद्ध सुरक्षित खाने पानीको वाटर टैंक बनाउन लागिएको हो । अक्सफाम नामक अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको सहयोगमा ग्रामिण विकास केन्द्र नेपालको आयोजनामा सेफ वाटर (सुरक्षित पानी) कार्यक्रम अन्तरगत करिव ११ करोडको लागतमा ३ लाख लिटर क्षमता भएको वाटर टैंक निमार्ण गर्न लागिएको आयोजक संस्थाका कार्यक्रम संयोजक प्रधुमन कँडेलले बताएका छन् ।  

फतुवा महेसपुरको करिव ११ सय घरधुरीको लागि सेफ वाटर (सुरक्षित पानी) परियोजना सन् २०१७ जनवरी देखि लागु भई हाल उपभोग गर्ने सवै घरधुरी सर्वेक्षन, माटो परिक्षण समेत गरी सकिएको र फतुवा महेसपुर खानेपानी संस्थाको गठन गर िसदस्यता वितरण गर िरहेको कार्यक्रम संयोजक कँडेलले बताए । 

संयोजक कँडेलका अनुसार, सहयोग संस्था अक्सफाको तर्फबाट कुल बजेटको ६१.९२ प्रतिशत करिव ६ करोड ५१ हजार १ सय ३८ रुपैयाँ, फतुवा महेसपुर वार्डको तर्फबाट १३.५७ प्रतिशत अर्थात करिव १ करोड ४४ लाख ७५ हजार १ सय १० रुपैया र उपभोक्ताले घर सम्म धारा जडान गरे बापत करिव २५.१६ प्रतिशत अर्थात करिव २ करोड ६८ लाख ४० हजार ८० रुपैयाँ गरी करिव १० करोड ७३ लाखको लागतमा ३ लाख लिटर क्षमता भएको वाटर टैंक निमार्ण गर्न लागिएको जानकारी दिए ।

यो परियोजनाले करिव ३ वर्ष भित्र एउटा आधुनिक सुविधा सम्पन्न हाईव्रिड सिस्टमको वाटर टैंकको निमार्ण  गर्न लागेको आयोजक संस्थाका अध्यक्ष पारस हुसैनले बताउए । उनले वाटर टैंकको लागि २ वोरिंग, सोलार र विद्युत गरि हाईव्रिड सिस्टमबाट चाहे अनुसार चौविसौ घण्टाको लागि पानी दिन सक्ने क्षम्ता भएको निमार्ण शुरु गरिएको बताए ।
वाटर टैंक पुर्ण रुपमा आधुनिक तरिकाले निमार्ण गर्न लागिएकोले आम नागरिकमा सुक्षित खाने पानी पिउने सक्ने अशा पलाए संगै खुशियाली छाएको वडा अध्यक्ष शेष नसरुलाहले  बताए । उनले वर्षौ देखिको असुरक्षिता पानी पिउने बाध्यताबाट मुक्ता पाउने बताए ।

वर्षौ देखि फतुवा महेशपुर गाउँ वासीले असुरक्षित पानीका कारण विभिन्न रोगबाट ग्रसित हुँदै आएकोले अब निमार्ण हुन लागेका वाटर टैंकले असुद्ध, असुरक्षित पानीबाट हुने रोगबाट समेत छुटकारा दिलाउदै सुद्ध सुरक्षित पानी पिउदै स्वस्थ्य रहने वडा अध्यक्ष शेष नसरुलाहले बताए ।
अहिले रौतहट जिल्लाको प्रायः सवै स्थानिय तहको वडाहरुमा सुरक्षित पानीको लागि वाटर टैंक को अति आश्यक भएको बुझिन्छ । 
 

प्रतिक्रिया दिनुहोस