गणेस्थान क्षेत्रमा फेला परेको गणेशको मुर्तीलाई मन्दिर बनाउने चुके परिवार

सफल खबर संवाददाता

मंगलबार, २५ मंसिर २०७५, १७ : ५८
गणेस्थान क्षेत्रमा फेला परेको गणेशको मुर्तीलाई मन्दिर बनाउने चुके परिवार

चितवन । गणेस्थान क्षेत्रमा फेला परेको गणेशको मुर्तीलाई मन्दिर बनाएर गणेशथान स्थापन गरेको चुके परिवारले गणेशधाम निर्माणका लागि १ करोड १२ लाख रुपैया दान गरेको छ ।

चुके परिवारका चार दाजुभाईहरु स्वर्गीय वैकुण्ठलाल चुके तथा दिलकुमारी चुकेको तर्फबाट छोरा रामकुमार चुके र प्रकाश चुके, वसन्त लाल चुके र कुशम चुकेका छोराहरु ज्ञानकुमार चुके र विश्वविजयलाल चुके त्यसैगरी अनन्तलाल चुके तथा गंगादेवी चुकेका छोराहरु दिनेशकुमार चुके पबित्रलाल चुके र बालगोपाल चुके र मुक्तिलाल चुके तथा माधुरीदेवी चुकेका छोराहरु उत्तमलाल चुके मनेशलाल र सिदार्थ चुकेले महायज्ञको तेस्रो दिनमा सो रकम सहयोग गर्नुभएको हो । 

चुके परिवारले चितवन जिल्लामा व्यापार व्यवसाय प्रारम्भ गर्दै कपडा र खद्यानको थोक व्यवसाय गर्दै २०२६ सालमा स्थापन भएको गणेशचित्र मन्दिर अहिलेसम्म पनि सञ्चालन गरिरहेको छ । स्वर्गीय वैकुण्ठलाल वसन्तलाल र अनन्त लाल चुके अद्धैत संस्थाका संस्थापक रहदै अहिलेसम्म पनि सक्रिय भएर लागिरहनु भएको छ । 
गणेशस्थानमा फेला परेको गणेशको मुर्तिलाई मन्दिर बनाएर संरक्षण गर्ने काम गर्नुभएका स्वर्गीय ज्योतिलालका चार दाजुभाई मिलेर २०५४ सालमा गणेश मन्दिरको निर्माण गर्नुभएको थियो । 

यता राजनैतिक तथा सामाजिक व्यक्तित्व मुक्तिलाल चुके २०२८ सालमा राष्ट्रिय पञ्चायतको सदस्य, विभिन्न कालखण्डमा नगर पञ्चायत तथा नगरपालिकाको प्रधानपञ्च तथा मेयर भएर काम गरिसक्नु भएको छ । विभिन्न स्कुल तथा कलेज र सामाजी संघसंस्थाहरु स्थापनार्थ  सञ्चालक समितिको अध्यक्ष हुनुभएका मुक्तिलाल चुके नेपाल रेडक्रस सोसाईटीको जिल्ला तथा केन्द्रमा रहेर काम गरीसक्नु भएको छ । पञ्चायतकालमा बहुदलीय व्यवस्थाको विरुद्धमा खुलेरै लाग्नु भएका मुक्तिलाल नेपाली काग्रेसको विभिन्न तहमा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएको र हाल उहाँ अस्वस्थ्य रहनु भएको छ । 

त्यसैगरी महायज्ञ मुल आयोजक समितका अध्यक्ष दिनेश कुमार चुकेले यस अगाडी नै आफ्नो व्यीक्तगत १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैया दान गरिसक्नु भएको छ । 
२९ गतेसम्म संचालन हुने धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा युवा वाचक पण्डित दिनवन्दु पोखरेलले प्रवचन दिइरहेका छन् । गणेस्थानलाई गणेशधाम निर्माण गर्ने उदेश्यका साथ महायज्ञ लगाइएको हो । 

हबन ७ वजेबाट ९ वजेसम्म पूजा एवं पाठ पारायण, त्यसैगरी ११ बजेबाट ४ वजेसम्म श्रीमद्भागवत कथा वाचन तथा गणेश पुराण वाचन हुनेछ भने प्रत्यक दिन बेलुका भजन किर्तन, झाँकी र दीप प्रज्वलन एवं राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन किर्तन हुनेगरेको छ । 

महायज्ञ अवधिभरी तुलादान, चौरासी पूजा, तथा परिक्रमा लक्ष्यवत्र्ति तथा धार्मिक प्रवचन सहस्र १ हजार ८ शालिग्रामको पूजा हुने गरेको महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो ।

गणेस्थानमा जारी महायज्ञमा अहिलेसम्म चार करोड भन्दा वढी संकलन भैसकेको छ । गणेस्थानलाई गणेशधाम बनाउने अभियानका साथ जारी महायज्ञको तेस्रो दिनमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले १ लाख ७५ हजार १ सय ५१ रुपैयाँ सहयोग गर्नुभएको छ । 

त्यसैगरी नवजागृति सामुदायीक बनका अध्यक्ष पुस्तक गौतमले २ लाख ५१ हजार १ सय ५१ रुपैया, प्रदीपराज ओस्तीले २ लाख २२ हजार २ सय २२ रुपैया, नारायण पौडेलले १ लाख ५१ हजार १ सय ५१ र गणेस्थान आमा समहुले १ लाख ५ सय ५ रुपैया दान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस