महायज्ञको दोस्रो दिन ५१ लाख संकलन

सफल खबर संवाददाता

सोमबार, २४ मंसिर २०७५, १९ : ००
महायज्ञको दोस्रो दिन ५१ लाख संकलन

चितवन । गणेशधाम निर्माणका लागि आयोजित महायज्ञको दोस्रो दिन ५१ लाख १३ हजार ८ सय ९९ रुपैया संकलन भएको छ । गणेशधाम आसपासमा रहेका चार वटा सामुदायीक वनले एकमुष्ठ २५ लाख दिएका छन् । 
नवजागृति सामुदायीक वन, रामवेल सामुदायीक वन, जलदेवी सामुदायीक वन र सतनचुली सामुदायीक वनले एकमुष्ठ २५ लाख रुपैया सहयोग गरेका छन् । 

त्यसैगरी महायज्ञ मुल आयोजक समितका अध्यक्ष दिनेश कुमार चुकेले आफ्नो बैवाहिक वर्षगाठको अवसरमा १० लाख रुपैया दान गर्नुभएको छ । यस अगाडी अध्यक्ष चुकेले १ करोड, १ लाख ११ हजार १ सय ११ रुपैया दिईसक्नु भएको छ । त्यसैगरी गोपीमान श्रेष्ठले २ लाख १ हजार १ सय ५० रुपैया सहयोग गर्नुभएको छ भने गौरी प्रधानले २ लाख ५१ हजार चित्रबहादुर पराजुलीले २ लाख २२ हजार २ सय २२, किष्णप्रसाद ढकालले १ लाख १ हजार रुपैया  र ऋषि रेग्मीले २५ हजार सहयोग गर्नुभएको छ । 

२९ गतेसम्म संचालन हुने धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा युवा वाचक पण्डित दिनवन्दु पोखरेलले प्रवचन दिइरहेका छन् । गणेस्थानलाई गणेशधाम निर्माण गर्ने उदेश्यका साथ महायज्ञ लगाइएको हो । 
हबन ७ वजेबाट ९ वजेसम्म पूजा एवं पाठ पारायण, त्यसैगरी ११ बजेबाट ४ वजेसम्म श्रीमद्भागवत कथा वाचन तथा गणेश पुराण वाचन हुनेछ भने प्रत्यक दिन बेलुका भजन किर्तन, झाँकी र दीप प्रज्वलन एवं राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन किर्तन हुनेगरेको छ । 
महायज्ञ अवधिभरी तुलादान, चौरासी पूजा, तथा परिक्रमा लक्ष्यवत्र्ति तथा धार्मिक प्रवचन सहस्र १ हजार ८ शालिग्रामको पूजा हुने गरेको महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस