यसरी बच्न सकिन्छ ग्यास्ट्रिकबाट

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०७५, १० : १०
यसरी बच्न सकिन्छ ग्यास्ट्रिकबाट

काठमाडौं । भन्ने गरिन्छ, ग्यास्ट्रिक आमनेपालीको समस्या नै हो । तर, दैनिक खानपान र लाइफस्टाइलमा ध्यान दिने हो भने ग्यास्ट्रिक निम्तिनबाट बच्न सकिन्छ भने भइसकेको समस्या पनि कम गर्न सकिन्छ । एसिड घटाउन हरेक दिन कम्तीमा चारपटक खाना खानैपर्छ । बिहान खाजा, खाना, दिउँसो खाजा र बेलुका खाना खानुपर्छ ।

कतिपयले पानी मात्र खाएर पनि ग्यास्ट्रिक कम हुन्छ भन्ने ठान्छन् । त्यो गलत हो । चर्को भोकमा केही समय पानीले धाने पनि लामो समयसम्म पानीकै भरमा भोक मार्ने प्रयासले ग्यास्ट्रिक निको हुँदैन । बढी चिल्लो, पिरो खानु हुँदैन र खाली पेट लामो समय बस्नु हुँदैन ।अरू रोगलाई पनि जोखिम कम गराउने व्यायाम गर्ने, मोटाइ घटाउने ।

बिहानको खाजा जहिल्यै पनि टन्न खानुपर्छ । किनभने, बिहान लामो समयदेखि भोको भइएको हुन्छ । खाजा टन्न खाएपछि खाना भने कम खानुपर्छ । दिउँसोको खाजा पनि धेरै नै खान सकिन्छ । तर, बेलुका सुत्नुअगाडिको खाना भने कम खानु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस