एनआई सी एशिया बैंकको दुई नयाँ शाखाहरु सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा

सफल खबर संवाददाता

सोमबार, १० मंसिर २०७५, १७ : २४
एनआई सी एशिया बैंकको दुई नयाँ शाखाहरु सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा

काठमाडौं । एनआई सी एशिया बैंकले सिन्धुपाल्चोककोे खाँडिचौर र पाँचखालमा नयाँ शाखा विस्तार गरेको छ । दुई नयाँ शाखा कार्यालयहरु सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीबाट तथा पाँचखाल ४, समाजकल्याण चोकस्थित पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलबाट सोमबार एक समारोहकाबीच समुद्घाटन भएको हो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६६ शाखाकार्यालयहरु, २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१० अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिनु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस