महालक्ष्मी विकास बैंक नयाँ शाखा बाराको प्रसौनीमा

सफल खबर संवाददाता

सोमबार, १० मंसिर २०७५, १६ : ५३
महालक्ष्मी विकास बैंक नयाँ शाखा बाराको प्रसौनीमा

बारा । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा सोमबार बारा जिल्ला, प्रसौनी गाउँपालिका वडा नं २, स्थित प्रसौनी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । 

प्रसौनी शाखाको समुद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले दीप प्रज्वलनका साथ गर्नु भएको थियो । शाखा उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत गर्नुभयो । 

उक्त अवसरमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्व साधारणहरुले शुभकामना मन्तव्य व्यक्त गदैं उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २६ अर्ब ९२ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब ०९ करोड कर्जा प्रवाह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस