आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैंक अस्योरेन्स सम्झौता

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०७५, १६ : ०२
आइएमई लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गर्नु भएको छ । सो बैंक अस्योरेन्स सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६२ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन योजनालगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस