काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले लोडसेडिङलाई लिएर मन्त्री र प्राधिकरणका निर्देशकले फरक फरक सूचना दिएर जनतालाई भ्रम पारेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री र कार्यकारी निर्देशकले दिएर फरक फरक सूचनालाई जनताले कसरी बुझ्ने भन्दै प्रश्न गरे । उनले भने, ‘हिजो दुईवटा समाचार आए, मन्त्रीजी भन्नुहुन्छ लोडसेडिङ हुन्छ, सुरु भयो। अर्कोतिर कार्यकारी प्रमुख भन्नुहुन्छ लोडसेडिङ छैन हुँदैन, ढुक्क हुनुस् । एउटै सरकारबाट जनतालाई दिन खोजेको सन्देश के हो रु के आज यस्ता चिजहरू स्वभायमान छन् ? यसले देशलाई अन्योलतातिर लगिरहेको छ ।’
हिजो ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ हुनसक्ने बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङ नहुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग
काठमाडौंबाट २५ करोड बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदको माग
सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने तयारीप्रति कांग्रेसको असन्तुष्टि
सिंहदरबारमा भएको आगलागी भएको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण