‘श्री ५ फर्किन्छ भने श्री ३ किन फर्किँदैन ?’ भन्दै राप्रपालाई एमालेको प्रश्न

सफल खबर संवाददाता

आइतबार, १४ बैशाख २०८२, १३ : २५
‘श्री ५ फर्किन्छ भने श्री ३ किन फर्किँदैन ?’ भन्दै राप्रपालाई एमालेको प्रश्न

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले जन निर्वाचित संविधान सभाले राजतन्त्र समाप्त गरेको ख्याल गर्न सुझाएका छन् । प्रतिनिधि सभाका बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई यस्तो आग्रह गरेका हुन् । नेपालबाट श्री ३ र श्री ५ कसरी समाप्त भयो भन्ने बुझ्न उनको सुझाव छ ।

‘त्रिभुवन, नेहरु र मोहन शमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री ३ बिदा भयो । २०६५ साल जेठ १५ गते जन निर्वाचित संविधान सभामार्फत नेपालबाट राजतन्त्र समाप्त भयो । श्री ५ समाप्त भयो’, सांसद रिजालले स्मरण गरे ।

यहाँनेर राप्रपालाई सांसद रिजालको प्रश्न छ । ‘जनताको प्रतिनिधिहरूले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताको आधारमा बिदा गरेको श्री ३ किन फर्किँदैन ?’ ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई श्री ५ बनाउने भन्ने राप्रपाले मोहन शमशेरका नाति पशुपति शमशेरलाई श्री ३ बनाउने भनेर न्याय किन नगर्ने भन्दै व्यङ्ग्य गरेका छन् । ‘ज्ञानेन्द्रको नाति हृदयेन्द्र उहाँलाई श्री ५ फर्काउने भए मोहन शमशेरको नाति पशुपति शमशेर जंगबहादुर राणालाई पनि श्री ३ फर्काउनुपर्‍यो । राप्रपाले उहाँलाई पनि न्याय गराउनुपर्‍यो’, सांसद रिजालले भने ।

 

प्रतिक्रिया दिनुहोस