अछामको साफेबगर हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट

सफल खबर संवाददाता

शनिबार, १३ बैशाख २०८२, ०९ : १८
अछामको साफेबगर हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट

अछाम । अछामको साफेबगर बजारको हाटबजारमा भीषण आगलागी भएको छ ।

शनिबार बिहान हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी शुरू भएको थियो ।

आगो अन्य पसलमा फैलिँदा १० वटा पसल जलेर नष्ट भएका हुन् । प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको थियो । 

तर, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । केही समयअघि अछामको बान्नीगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा समेत आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस