काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० करोड बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागकाअनुसार २० करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ४८५ किलो यार्सागुम्बा निर्यात भएको छ । कम्बोडिया,चीन जापान मलेसिया थाइल्यान्ड हङ्कङ लगायतका १० मुलुकमा निर्यात भएको विभागले जनाएको छ ।
फागुनसम्ममा २० करोड ७ लाख ५३ हजार रुपैयाँको ४८१ किलो यार्सागुम्बा निर्यात भएको थियो । यसअनुसार चैतमा जम्मा २१ लाख रुपैयाँको ४ किलो यार्सागुम्बा निर्यात भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
यार्सागुम्बा सङ्कलन : राज्यकोषमा एक करोड २५ लाख राजस्व
यार्सा टिप्न गएकी २२ वर्षीया युवतीको मृत्यु