काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् ।
नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ को क्रममा परराष्ट्र मन्त्री राणासँग विदेश मन्त्री जयशंकरको भेटवार्ता भएको हो ।
भेटवार्ता उपलब्धिमूलक भएको राणाले बताएकी छिन् । भेटको क्रममा भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकतामा राखेको कुरा विदेश मन्त्री जयशंकरसँग राखेको राणाले बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, २० : ०३
लेखकबाट थप