काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्त महत्त्वपूर्ण र उपलब्धिपूर्ण हुने जनाएका छन् ।
शुक्रबार एमाले पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताएका हुन् ।
‘नेपाल र चीनका बिचमा विगत लामो समयदेखि जुन प्रकारको उच्चस्तरको सम्बन्ध रहँदै आएको छ त्यसको निरन्तरता नै हुन्छ भन्ने मलाई लाग्दछ’, पोखरेलले भने,‘ त्यसैले यो भ्रमणलाई हामीले सद्भावना भ्रमणकै रूपमा बुझेका छौँ । र, भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ भन्ने हाम्रो विश्वास हो ।
प्रधानमन्त्री ओलीले अगामी डिसेम्बर २ देखि ६ सम्म चिन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन : शंकर पोखरेल
रविलाई कानूनी कारबाही गर्दा विद्रोह हुन्छ, नारायणहिटीमा राजा पस्छन् भन्नेसम्मको कुप्रचार गरियो : शंकर पोखरेल
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
रविलक्षित शंकर पोखरेलको टिप्पणी- जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ?
राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौती : शंकर पोखरेल
साना पार्टी होइन, जनता रिसाउँछन् भन्न सक्नुपर्छ: शंकर पोखरेल