काठमाडौँ । भारतका विद्युत् आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलवार नेपाल आइपुगेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।गएको माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।
ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत् मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा-वसन्तपुर-बानेश्वर-तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसन संयुक्त रूपमा सङ्खुवासभा तुम्लिङटार सब स्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, ११ : १२
लेखकबाट थप