काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।
उनीहरुले मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी थिए । उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
आजै बसन्तपुर र पाटन दरबार क्षेत्रमा नेपाली टोपी दिवस मनाइएको छ । मधेशी समुदायले सन् २०१६ देखि जनवरी १ तारिखको दिन धोती दिवस मनाउन सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले आज धोती दिवस मनाउने
सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म
मधेशीमाथि आक्रमण भएको भन्दै जनमत पार्टीको आपत्ति