सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०८२, ०८ : ४०
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी

काठमाडौँ । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएका छन् । 

त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भए । 
      
सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस