वीरगन्ज तनाव समाधान गर्न सर्वपक्षीय बैठक जारी

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, ०८ : ५१
वीरगन्ज तनाव समाधान गर्न सर्वपक्षीय बैठक जारी

वीरगन्ज ।  पर्साको वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ। 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको नेतृत्वमा अहिले बैठक भइरहेको उनको सचिवालयले जनाएको छ। 

‘बिहान साढे ७ बजेदेखि छलफल भइरहेको छ’, जिल्ला प्रशासन सचिवालयका एक सदस्यले भने।

शनिबार दुई समुदायबीच झडप भएपछि वीरगन्जमा शनिबार साँझ ६ः३० बजेदेखि आज आइतबार मध्याह्न १२ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ। 

यहीबीच पर्साका प्रशासन प्रमुख, प्रहरी प्रमुखको उपस्थितिमा राजनीतिक दललगायत सरोरकारवाला सबै पक्षलाई सहभागी गराई सर्वपक्षीय बैठक आयोजना गरिएको छ। 

प्रतिक्रिया दिनुहोस