काठमाडौ । वर्तमान व्यवस्था विरोधी ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले दुर्गा प्रसाईंलाई अदालतसम्म हाजिर हुनका लागि सहयोग गर्न आग्रह गरेको छ ।
समितिका तर्फबाट प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऔं महाअभियानका संयोजक प्रसाईंले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षा सहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेको उल्लेख छ ।
यस्तै आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याइपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेको दाबीसहित उनले आत्मसमर्पण गरेको नभई नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गरेको उल्लेख छ।
‘सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कंदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
उनी क्यान्सरको विरामी र अदालतको तारिकमा समेत रहेको हुँदा सुरक्षित रुपमा अस्तालसम्म पुर्याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न राष्ट्रिय मानव अधिकार आयोग र सरकार समक्ष समितिले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्यान मार्ने उद्योगमा दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान सुरु
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो