हालसम्म दुर्गा प्रसाईं पक्राउ नपरेको प्रहरीको दाबी

सफल खबर संवाददाता

शुक्रबार, २९ चैत्र २०८१, ०७ : ४२
हालसम्म दुर्गा प्रसाईं पक्राउ नपरेको प्रहरीको दाबी

काठमाडौँ । नेपाल प्रहरीले दुर्गा प्रसाईं हालसम्म पक्राउ नपरेको दाबी गरेको छ ।

प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले बिहीबार राति जारी गरेको विज्ञप्तिमा विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं खोजीको सूचीमा रहेको र हालसम्म पक्राउ नगरेको उल्लेख छ । 

गृह मन्त्रालय स्रोतले भने प्रसाईं भारतमा पक्राउ परेको उल्लेख गरेको थियो । यस्तै प्रसाईंको सचिवालयले पनि फेसबुकमार्फत प्रसाईंले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको थियो ।