जाँदाजाँदै गभर्नर अधिकारीको गुनासो- राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भयो

सफल खबर संवाददाता

शुक्रबार, २२ चैत्र २०८१, १२ : ३१
जाँदाजाँदै गभर्नर अधिकारीको गुनासो- राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भयो

काठमाडौं । नेपाल राष्ट्र बैंकका  महाप्रसाद गभर्नर अधिकारीले आफ्नो कार्यकालमा राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको बताएका छन् । शुक्रवार आफ्नो कार्यकालको समीक्षा गर्दै उनले यस्तो बताएका हुन् ।

‘मेरो कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा नेपाल राष्ट्र बैंक नेतृत्वमाथि प्रहार भई केन्द्रीय बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको अवस्था रह्यो’, गभर्नर अधिकारीले भने, ‘केन्द्रीय बैंक सञ्चलनको विश्वव्यापी मान्यता तथा मर्म अनुरूप यस बैंकको स्वायत्ततालाई अछुन्न राखिदिनुहुने सर्वोच्च अदालत लगायतलाई कृतज्ञता व्यक्त गर्दछु ।

विगतका पाँच वर्ष सन्तुष्टिका वर्षहरू रहेको समेत उनले दाबी गरे । आफ्नो कार्यकालमा उल्लेख्य काम गरेको उनले बताए ।राष्ट्र बैंकका सत्रौँ गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस