वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, १३ : २३
वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् । आम जनता पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले  यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिए । 

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए । ‘‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’’ उनले भने, ‘‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’’