काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार लुटेराहरूको सरकार भएको आरोप लगाएका छन् । काठमाडौँमा मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताको लागि केही गर्न नसक्ने बताएका हुन् ।
प्रमुख पार्टीका शीर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप लगाए । अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रूपमा चल्न नसकेको गुनासो गरे । राज्यको मातहत रहेका संस्थाहरूलाई दोहन गरेर डुबाउन लागिपरेको पनि आरोप लगाए ।
उनले भने, ‘देश असफलताको तदारमा छ । बर्बाद हुँदैछ । जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ । दुई दलका प्रमुख नेता, दुई नेताको सत्ता स्वार्थले मेरो विचारमा लाज पनि लजाएको छ ।
विश्वासमाथि पनि विश्वास छैन । जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईँहरूबाट ? यसको प्रश्न सोध्दा जनतालाई अराजक देख्छ ।
वर्तमान सरकार र दलहरूले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनअन्दोलनको आवश्यकता रहेको बताए । आम जनता पार्टीको केन्द्रीय समितिको बैठक मंगलबार र बुधबार चल्ने कार्यतालिका रहेको छ । बैठकले सडक आन्दोलनका केही कार्यक्रम बनाउने पनि अध्यक्ष साहले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइटी आर्मीको आन्दोलन स्थगित गर्न प्रभु साहको निर्देशन
रथी सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्छ : अध्यक्ष साह