काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणको लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गरेका छन् ।
मन्त्रालयले आज आयोजना गरेको विषयगत समितिको बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबै स्थानीय तहमा विद्युत्, टेलिफोन र इन्टरनेटको पहुँच महत्त्वपूर्ण भएको बताएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विद्युतीय सुशासन कायम गराउने महत्त्वपूर्ण मन्त्रालय भएकाले यस मातहतका निकायले जिम्मेवारीपूर्वक दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
उनले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) विस्तारमा जोड दिन, विज्ञापन चुहावट नियन्त्रण गर्न, हुलाक सेवालाई डिजिटलाइजेसन गर्न, सरकारी निकायका वेबसाइटमा एकरूपता ल्याउने विषयमा काम गर्नसमेत निर्देशन दिए । उनले ‘नागरिक एप’ साक्षरता अभियानसमेत सञ्चालन जरुरी रहेको उल्लेख गर्दै ब्रोडब्यान्ड सेवाको प्रयोग र पहुँच विस्तारका लागि ध्यान दिनसमेत आग्रह गरे।
मन्त्री गुरुङले विभिन्न स्थानीय तहले मोबाइल टावर राख्दा थप कर लिने गरेकाले पूर्वाधार निर्माणमा आर्थिक भार बढेकोसमेत उल्लेख गरे । उनले सामुदायिक विद्यालयमा ब्रोडब्याण्ड सेवा विस्तार, भूकम्प प्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड सेवाको स्तरोन्नति हुनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले आफ्नो कामबाट आफ्नो औचित्य पुष्टि गर्न जरुरी रहेकोसमेत बताए ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नीति तथा कानुनको तर्जुमा गर्दा प्रदेश तथा स्थानीय तहसँग परामर्श जरुरी भएको बताइन् । उनले क्षेत्रगत योजना, नीति तथा कार्यक्रममा एकरूपता ल्याउँदै गुणस्तर कायम गर्न आवश्यक भएको चर्चा गरिन् । उनले स्थानीय र प्रदेश तहमा वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा सञ्चार तथा सूचना प्रविधि क्षेत्र समेट्ने गरी कार्य योजना तर्जुमा गर्न सुझाव दिइन् ।
त्यस अवसरमा मन्त्रालयका सहसचिव कोशहरि निरौलाले स्थानीय तह, प्रदेश र संघसँग समन्वयमा सञ्चार मन्त्रालयका गतिविधि सञ्चालन भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चार मन्त्री गुरुङले संसद्मा मागे माफी
भावनामा बगेर दोहोरो नागरिकता दिन हुँदैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रको हितमा रहेकाले सबै अध्यादेश पारित हुन्छन् : सञ्चारमन्त्री गुरुङ
सामाजिक सद्भावका लागि सामाजिक सञ्जालको नियमन आवश्यक छ : मन्त्री गुरुङ
वीरेन्द्र वा ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा र ‘प्रचण्ड’ आउनु क्रान्ति होइन : सञ्चारमन्त्री गुरुङ
कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ