काठमाडौं। राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज टेलिभिजनका सुरेश रजकको स्मृतिमा 'टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा' गरिएको छ । एभिन्यूज खबरका अध्यक्ष भास्करराज राजकर्णिकारद्वारा आइतबार जारी विज्ञप्तिअनुसार 'सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता पुरस्कार' हरेक वर्ष चैत १५ गते प्रदान गरिने छ ।
एभिन्यूजले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही, मृतक रजकलाई शहीद घोषणा र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सरकारसमक्ष यसअघि नै माग गरिसकेको छ ।
त्यसैगरी रजकको परिवारलाई रोजगारीका लागि पहल गर्ने, तत्कालका लागि काजकिरिया खर्चबापत १ लाख रुपैयाँ प्रदान गरिने राजकर्णिकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै एभिन्यूजले गरेको रजकको बीमा बापतको १० लाख रुपैयाँ प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १६ : १९
लेखकबाट थप