काठमाडौं। बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् ।सभामुख पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको बैठक भोलि (सोमबार) अपरान्ह ४ः३० बजे बस्ने भएको छ ।
प्रदेशसभाको यही चैत १९ गते बैठक अपरान्ह १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयकहरू पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १५ : ३२
लेखकबाट थप