काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार घटना नसोचेको बताएका छन् । समाजवादी मोर्चाको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शुक्रबार भएको हिंसात्मक गतिविधिको पूर्वतयारी नभएको देखिएको बताएका हुन् ।
उनले हिजोको घटना हेर्दा प्रहरी र सरकारको तयारी नभएको बताए । उनले भने,‘ सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराउँदा पनि झण्डै ४०/ ४५ मिनेटसम्म पनि पुसिल फोर्स नदेखिनु विडम्वना भन्नुपर्ने हुन्छ । हिजो हामीले यो स्तरको दुर्घटना होला भनेर सोचिएन भनेर सुरक्षा निकायले भनेकाे छ । राजधानीको मुटुमा यस्तो विवेकहिन आपाराधिक गतिविधि हुँदा प्रहरी समयमा आउन नसक्नु यसलाई गम्भीर समिक्षा सरकारले गरोस् । र आउने दिनमा पूर्ण तयारीमा लागोस् ।’
साथै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको बताउँदै सरकारले कडा कदम चाल्न आग्रह गरे । उनले थपे,’ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकता स्तरको भएको पहिला पनि देखिएकै हो । अहिले पनि देखियो । यही नै समय हो सरकारले कडा कदम चालोस् । यस्ता काण्ड गर्नेलाई कानुनी दायरमा ल्याओस् । र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुन नदियोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०८१, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट पार्टीका संस्थापकको जन्मशताब्दी कार्यक्रम सुरु
खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधार हुन् : अध्यक्ष दाहाल
प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ शान्ति, स्थायित्व र विकासको सन्देश दिनुपर्छ : प्रचण्ड
हामी विजय मुडमा छौँ : प्रचण्ड