काभ्रेमा बस दुर्घटना हुँदा १८ जना घाइते

सफल खबर संवाददाता

विहीबार, २२ कार्तिक २०७५, १५ : ५८
काभ्रेमा बस दुर्घटना हुँदा १८ जना घाइते

काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काका अनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई अहिले उपचारका लागि धुलिखेल अस्पतालमा पुर्याइएको छ । स्थानीय र प्रहरीको बलमा उनीहरुको उद्धार गरिएको हो । स्थानीय प्रत्यक्षदर्शी सुवास लामाका अनुसार गुडिरहेको बसको पत्ता भाँचिएर घुम्तीको खाल्टोमा परी बस पल्टिएको थियो । सडकबाट पल्टिएको बस रुखमा अड्कीएको अवस्थामा छ । काभ्रेकै विभिन्न स्थानमा पछिल्लो महिना मात्रै तीन वटा दुर्घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस