तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास​​ प्रहार​

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, १४ : ०८
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास​​ प्रहार​

काठमाडौं। राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।प्रदर्शनकारीहरू बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले भीड रोक्न केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

 

 

 

 

 

 

प्रहरीले प्रदर्शनकारीलाई तीनकुनेमै केन्द्रित रहेर प्रदर्शन गर्न भनेपछि उनीहरू बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार प्रदर्शनकारीहरू  निषेधित क्षत्र जान खोजेपछि प्रहरीले रोक्न खोजेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस